विराटचोकः आज वर्षको सबैभन्दा लामो दिन हो । वर्षभरमा जुन २१ को दिन सबैभन्दा धेरै समय पृथ्वीमा सूर्यको प्रकाश पर्ने हुनाले आजको दिन सबैभन्दा लामो दिन भएको हो ।
अब दिन छोटिँदै गएर डिसेम्बर २३ का दिन सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुन्छ । त्यसपछि फेरि दिन लम्बिन थाल्छन् र रात छोटो हुन थाल्छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा आज सूर्याेदय बिहान ५ बजेर ८ मिनेटमा भएको छ भने सूर्यास्त बेलुका ७ बजेर २ मिनेटमा हुनेछ । नेपालमा आज १३ घण्टा ५४ मिनेटसम्म सूर्यको प्रकाश पर्नेछ ।