विराटचोकः आज विश्व योग दिवस । आफू र समाजका लागि योग भन्ने नारासहित आज विश्व योग दिवस मनाइँदै छ । योगलाई शताब्दी विकासको सूचकाङ्कको रुपमा समेत लिइएको छ । हरेक वर्षको जुन २१ मा यो दिवस सन् २०१४ देखि मनाउन शुरु गरिएको हो
आधुनिक चिकित्सा पद्धतिले रोग लागेपछि उपचार गर्छ भने योगले खानपान र व्यायाममा सजगता अपनाउन प्रेरित गर्छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक केन्द्रीकरणमा जोड दिन्छ ।
नेपाल, भारतका साथै विश्वभर नै योगसम्बन्धी विविध कार्यक्रम गरी विश्व योग दिवस मनाउने गरिन्छ ।