विराटचोकः हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सामुहिक लगानी कोषका लागि छुट्टयाइएको सेयरको लक इन अवधि असार १० गते समाप्त हुने भएको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टयाएको १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड भएको थियो ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सोमध्ये सामूहिक लगानी कोषलाई छुट्टयाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।