Tuesday, December 24, 2024
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियालाई निवर्तमान मेयर ढकालका सुझाव

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियालाई निवर्तमान मेयर ढकालका सुझाव

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियालाई मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले सफल कार्यकालको शुभकामना दिँदै विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ ।

विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिन, मेडिकल कलेज सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गर्न, विभिन्न विषयगत विषयहरूमा स्थानीयको लागि अलग्गै प्रतिस्पर्धात्मक कोटाको निर्धारण गर्र्न सुझाव दिनुभएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्तिको संरक्षण गर्न, रोकिएको परीक्षाफल प्रकाशन गर्न, विश्वविद्यालयमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन र शिक्षण अस्पतालमा नियमित डाक्टरको सेवा उपलब्ध हुने वातावरण निर्माण गर्ने व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

निवर्तमान मेयर ढकालको निवासमा सोमबार विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरुसहित उपकुलपति थपलियासँगको भेटमा निवर्तमान मेयर ढकालले ती सुझाव प्रस्तुत गर्नुभएको हो । उपकुलपति डा. थपलियाले सुझावलाई लागू गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments