Friday, December 5, 2025
Homeफिचरकोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

विराटनगरः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कोशी प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले आज बेलुका ४ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीका अनुसार आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकले नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने र त्यसको व्यवस्थापन गर्न प्रदेशसभालाई आग्रह गर्नेसमेत निर्णय गरेको हो ।

सरकार परिवर्तन विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको फैसला नआएको भन्दै नेपाली कांग्रेस बैशाख ३१ मा शुरु भएको प्रदेशसभाको बैठकमा सहभागी भएको छैन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले नीति तथा कार्यक्रम पेश हुने बैठकमा कांग्रेस सहभागी हुन सक्ने बताउनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments