काठमाडौंः सहज दर्शनका लागि काठमाडौंस्थित पशुपतिनाथका चार वटै ढोका असार १ गतेदेखि खोलिने भएको छ ।
पशुपति दर्शन गर्नेको संख्या बढ्दै गएपछि पशुपतिका सबै ढोकाहरू खोल्ने निर्णय गरिएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ दर्शनका लागि भारतीय लगायत पर्यटकहरूको आउने संख्या बढेपछि सो चापलाई कम गर्न र सहज रूपमा दर्शन गराउनका लागि मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरिएको हो ।
यसअघि, शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिन्थ्यो ।