Tuesday, December 24, 2024
Homeअर्थमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सबैभन्दा कम बजेट, अर्थलाई धेरै

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सबैभन्दा कम बजेट, अर्थलाई धेरै

विराटचोकः आगामी आर्थिक वर्ष २०८१\८२ का लागि अर्थमन्त्री वर्षमान पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रूपैयाँ अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटमा सबैभन्दा बढी अर्थ मन्त्रालयलाई ११ दशमलव ९८ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

दोस्रो नम्बरमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रूपैयाँ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ ।

शहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ र ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ, पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रूपैयाँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आठ अर्ब १० करोड रूपैयाँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ, वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ र खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड रूपैयाँ, रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड रूपैयाँ, परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड रूपैयाँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तावापत एक खर्ब १६ अर्ब छुट्याइएको छ । काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड रूपैयाँ बराबरको बजेट प्रदान गरिएको छ । औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ छुट्याइएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

सम्बन्धित थप समाचारहरुः

यी हुन् बजेटमा समेटिएका मुख्य बुँदा

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments