विराटचोकः सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने ३४ ठेकेदार कम्पनीलाई एकै पटक कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ३४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कालोसूचीमा राखिएकामध्ये एउटा निर्माण कम्पनीलाई २ वर्ष ६ महिना, १२ निर्माण कम्पनीलाई २ वर्ष, ८ वटा निर्माण कम्पनीलाई डेढ वर्ष, एउटा निर्माण कम्पनीलाई १ वर्ष ३ महिना र अन्य १२ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।