काठमाडौंः ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै साबिक विजेता नेपाल बाहिरिएको छ । शुक्रबार भएको खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको हो । योसँगै एसिया कप खेल्ने नेपालको सपना सकिएको छ ।
नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि सन्दीप जोराबाहेक अन्य खेलाडीले रन बनाउन नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रनमात्र बनाएको थियो । सन्दीपले ३९ बलमा ४ चौका र दुई छक्कासहित ५० रन बनाएका थिए ।