विराटचोकः सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाएको छ । आज सुनको भाउ प्रति तोला ७०० रुपैयाँ बढेर नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । चाँदीको भाउ भने तोलामा रुपैयाँले तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि वैशाख ४ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदा छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार तेजाबी सुन प्रति तोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ ।