Wednesday, October 28, 2026
Homeखेलकुदएनपीएलः दोस्रो दिनको पहिलो खलमा टस जितेर बलिङ गर्दै विराटनगर किंग्स

एनपीएलः दोस्रो दिनको पहिलो खलमा टस जितेर बलिङ गर्दै विराटनगर किंग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेल दिउँसो साढे १२ बजेदेखि चितवन राइनोज र विराटनगर किङ्ग्सबीच भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् । टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियासहित आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतीक श्रेष्ठ र शुभम रन्जाने रहेका छन् ।

चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन् । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, हसन अली र उसामा मीरलगायत खेलाडी छन् ।

आजै अपराह्न साढे ४ बजे अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments