Tuesday, December 24, 2024
Homeअर्थविनोद चौधरी सर्वाधिक धनीको १७६४ औं स्थानमा, थपिए १४१ अर्बपति

विनोद चौधरी सर्वाधिक धनीको १७६४ औं स्थानमा, थपिए १४१ अर्बपति

काठमाडौंः विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १७६४ औँ स्थानमा रहेका छन् । फोर्ब्सले हरेक वर्ष विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने गर्दछ ।

सन् २०२४ को नयाँ सूचीअनुसार गत वर्षको तुलनामा विश्वमा १४१ अर्बपतिहरू थपिएका छन् । जसमा ३१ जना भारतबाट मात्रै थपिएका छन् । भारतमा अर्बपतिको संख्या २०० जना पुगेको छ ।

सबै अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर छ, २०२३ मा २ ट्रिलियन डलरले बढेको छ । सूचीमा रहेका शीर्ष २० व्यक्तिले सबैभन्दा धेरै पैसा कमाएका छन् र सन् २०२३ सम्ममा आफ्नो संयुक्त सम्पत्ति ७०० बिलियन डलरले बढाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै अर्बपति ८१३ जना, चीनमा ४७३ जना र भारतमा २०० जना रहेका छन् ।

बर्नार्ड अर्नाल्ट र उनको परिवार २३३ बिलियन डलरको कुल सम्पत्तिको साथ पहिलो नम्बरमा छन् । उनी एलभीएमएचका प्रमुख हुन् । त्यसपछि एलन मस्क छन् । उनको कुल सम्पत्ति १९५ बिलियन डलर छ । तेस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १९५ अर्ब डलर छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गको कुल सम्पत्ति १७७ अर्ब डलर रहेको छ ।

नेपालका विनोद चौधरीको कुल सम्पत्ति १.८ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । फोर्ब्सको रियल टाइम बिलनयेर्सको सूचीमा भने उनी १,८०६ औं स्थानमा छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी यसअघि फोर्ब्सको रियल टाइम बिलनयेर्सको सूचीमा १,६५७ औं स्थानमा रहेका थिए । स्थान घटे पनि उनको सम्पत्तिमा भने कुनै परिवर्तन भएको छैन । सन् २०२२ मा फोर्ब्सले उनको कुल सम्पत्ति १.५ बिलियन डलर रहेको उल्लेख गरेको छ । त्यसअघि, २०२१ मा चौधरीको नेटवर्थ १.४ बिलियन डलर रहेको थियो ।

भारतीय अर्बपतिहरूको सूचीको शीर्ष स्थानमा मुकेश अम्बानी छन् । उनको कुल सम्पत्ति ८३ अर्ब डलरबाट बढेर ११६ अर्ब डलर पुगेकाले १०० बिलियन क्लबमा प्रवेश गर्ने पहिलो एशियाली बनेका छन् । मुकेश अम्बानी विश्वको नवौं धनी व्यक्तिको रूपमा रहेका छन् ।

लोरियलका संस्थापककी नातिनी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स संसारको सबैभन्दा धनी महिला हुन् । उनको कुल सम्पत्ति ९९.५ बिलियन डलर छ । उनीपछि वालमार्टका संस्थापक साम वाल्टनकी छोरी एलिस वाल्टन छिन् । उनको कुल सम्पत्ति ७२.३ बिलियन डलर छ । जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटको कुल सम्पत्ति ३५.६ बिलियन डलर रहेको छ ।

अर्बपतिको सूचीमा पुग्ने पहिलो कलाकार टेलर स्वीफ्ट बनेकी छिन् । उनको सम्पत्ति १.१ बिलियन डलर रहेको अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments