Friday, December 5, 2025
Homeफिचरवार्डेन र अध्यक्षहरुको भेलाले पारित गर्याे २३ बुँदे सङ्कल्प प्रस्ताव

वार्डेन र अध्यक्षहरुको भेलाले पारित गर्याे २३ बुँदे सङ्कल्प प्रस्ताव

खाँदबारीः सङ्खुवासभाको खाँदबारीमा सम्पन्न वार्डेन र अध्यक्षहरूको भेलाले २३ बुँदे संकल्प प्रस्तावहरू पारित गरेको छ । ४० औं वार्डेन सेमिनार तथा २२ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको बैठक खाँदबारीमा सम्पन्न भएको हो ।

क्षतिको राहत सहयोग निर्देशिका–०६९ लाई संशोधन गरी क्षति गर्ने वन्यजन्तु प्रजाति थप गर्न पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ लाई संशोधन गरी क्षति गर्ने वन्यजन्तु बाँदर र निलगाई प्रजाति थप गर्न पहल गर्ने निर्णय गरेको छ । बाँदर र नीलगाईले कृषि बालीमा क्षति पुर्याएमा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्देशिकामा व्यवस्था गर्नुपर्ने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

राहत सहयोग निर्देशिका–०६९ अनुसार १४ प्रकारका वन्यजन्तुले मानव र कृषि बालीमा क्षति पु¥याउँदा मात्र सरकारले राहत एवं क्षतिपूर्ति उपलब्ध गराउँदै आएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो । बैठकले पशु तथा बाली बिमाका लागि विशेष पहल गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा विभिन्न संरक्षित क्षेत्रका ३९ जना वार्डेन र २१ वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता थियो । राष्ट्रिय निकुञ्ज, सिकार आरक्षण, वन्यजन्तु आरक्षका वार्डेन संरक्षण क्षेत्रका र प्राणी उद्यानका अधिकृतहरू बैठकमा थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments