Tuesday, December 24, 2024
Homeखेलकुदपहिलो पटक मच्छिन्द्रले जित्यो विराट गोल्डकप

पहिलो पटक मच्छिन्द्रले जित्यो विराट गोल्डकप

विराटनगरः मच्छिन्द्र फुटबल क्लब काठमाडौं विराट गोल्डकपको नयाँ च्याम्पियन बनेको छ । विराटनगरको शहीद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले आठौँ संस्करणको उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ पाएको छ ।

मच्छिन्द्रका छिरिङ गुरूङ र युसुफ थपलियाले दुवै गोल अतिरिक्त समयमा गरेका थिए । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबारीमा खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले र ११९ औं मिनेटमा युसुफ थपलियाले गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार नगद पुरस्कार पाए । बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पाए ।

विजेता खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिँदा स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा प्रतियोगिता जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि पनि मच्छिन्द्रले नै जितेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments