विराटचोकः बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर बिक्री गरेको सर्वोत्तम सिमेन्टको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, सामुहिक लगानी कोष र कर्मचारीहरूसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरूले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आज स्पेशल प्रि ओपनमा कारोबार भएमा सो कम्पनीको शेयर कारोबार दोस्रो बजारमा खुल्नेछ ।