Saturday, November 21, 2026
Homeराजनीतिनेपाली कांग्रेस (देउवा समूह) सुनसरीको जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ

नेपाली कांग्रेस (देउवा समूह) सुनसरीको जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ

धरानः नेपाली कांग्रेस देउवा समूहको सुनसरी जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ चयन भएका छन् ।

धरानमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् । उपसभापतिमा श्यामकृष्ण ढकाल, सचिवमा कुमार राय र सहसचिवमा रोशन खड्का चयन भएका छन् । अन्य कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा गणेश सुब्बा सर्वसम्मत निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा डम्बर बस्नेत, क्षेत्र नम्बर ३ मा हिरालाल चौधरी र क्षेत्र नम्बर ४ मा राजेन्द्रप्रसाद मेहता सर्वसम्मत रूपमा चयन भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments