Thursday, November 19, 2026
Homeराजनीतिकांग्रेस कोशी सभापतिमा रमेशजंग रायमाझीको दाबी

कांग्रेस कोशी सभापतिमा रमेशजंग रायमाझीको दाबी

विराटनगरः नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले आगामी प्रदेश अधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रायमाझीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

प्रदेश समितिको उपसभापतिको जिम्मेवारीमा रहेका उनले पार्टीभित्रको लामो राजनीतिक अनुभवलाई नेतृत्वमा उपयोग गर्न सभापतिमा दाबी गरेको बताए ।

कोशी प्रदेशको भौगोलिक र सामाजिक विविधतालाई ध्यानमा राखेर आफ्नो उम्मेद्वारीबारे प्रदेशभरका नेता–कार्यकर्तालाई जानकारी गराउन पत्रकार सम्मेलन गरेको उनले बताए ।

पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको र संसदीय दलको नेताका रूपमा समेत काम गरेको अनुभव नेतृत्वका लागि उपयोगी हुने रायमाझीको दाबी छ ।

सभापति चयनका लागि सहमतिलाई पहिलो विकल्पका रूपमा उनले अघि सारेका छन् । सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचनमार्फत् प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments