Friday, November 20, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरवाटिका एकेडेमीमा भयो पहिलो एसक्युसी स्कुल कन्भेन्सन

सुन्दरवाटिका एकेडेमीमा भयो पहिलो एसक्युसी स्कुल कन्भेन्सन

गोठगाउँः मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको सुन्दरवाटिका एकेडेमीमा पहिलो एसक्युसी स्कुल कन्भेन्सन सम्पन्न भएको छ ।

कन्भेन्सनमा ३४ जना विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीमा नेतृत्व विकास, कला तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल तथा कन्भेनर विनोद फुयालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना समस्या पहिचान गरी समाधानका उपाय खोज्ने, व्यक्तिगत सुधार गर्ने तथा विद्यालयको शैक्षिक र वातावरणीय सुधारका विषयमा छलफल गरेका थिए । कन्भेन्सनमा पाँचवटा सर्कल गठन गरी पाँच फरक विषयका समस्यामाथि केस स्टडी प्रस्तुत गरिएको थियो । एसक्युसी विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित विश्वव्यापी कार्यक्रम हो । यसले विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य, समस्या समाधान गर्ने सीप तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउने विद्यालयले जनाएको छ ।

भोलि शुक्रबार सुन्दरवाटिका एकेडेमीमै ११ औँ मोरङ हब कन्भेन्सन आयोजना हुने भएको छ । सो कन्भेन्सनमा मोरङका ११ वटा विद्यालयको सहभागिता रहने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments