विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको द राइजिङ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई छहारी एजुकेशन एण्ड अपच्र्युनिटिज काठमाडौंले छात्रवृत्तिस्वरूप शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।
छात्रवृत्तिअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा, टी–सर्ट, विद्यालय पोसाक, झोला, जुत्ता, किताब, स्टेसनरी सामग्री तथा विद्यालय शुल्कलगायतमा सहयोग उपलब्ध गराइएको विद्यालयका भाइस प्रिन्सिपल परशुराम गुरागाईंले जानकारी दिनुभयो ।
नगर शिक्षा शाखा प्रमुख तेज दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापाले आर्थिक तथा सामाजिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले छहारी अपच्र्युनिटिजको सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल गोपाल पाठकले विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउन आवश्यक सामग्री तथा शुल्कमा गरिएको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।





