Monday, October 26, 2026
Homeअर्थसवारीसप्तकोशीमा भएको जेटबोट दुर्घटनामा मृत्यु हुने महिलाको सनाखत, बालिका र पुरुषको सनाखत...

सप्तकोशीमा भएको जेटबोट दुर्घटनामा मृत्यु हुने महिलाको सनाखत, बालिका र पुरुषको सनाखत हुन बाँकी

चतराः आज सप्तकोशी नदीमा भएको जेटबोट दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलाकी अन्दाजी ५० वर्षीया लीला राई रहेको चतरा अस्पताल प्रशासनले जनाएको छ ।

उनको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य एक बालिका र एक पुरुषको भने पहिचान खुल्न सकेको छैन ।

भोजपुरको कोप्चेबाट टिकट काटेका १२ जना यात्रुसहित एक जना जेटबोट चालक र थप दुई जना यात्रु सो जेटबोटमा रहेका थिए । अन्य यात्रुको उद्धार भएको छ ।

दुर्घटनापछि जेटबोट चालक (क्याप्टेन)लाई प्रहरीले नियन्त्रणमा लिएर घटनको सम्बन्धमा अनुसन्धन शुरु गरेको छ ।

सप्तकोशीमा जेट बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई बेपत्ता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments