Thursday, October 22, 2026
Homeपर्यटनभोजपुरको कोप्चेदेखि सुनसरीको वराहक्षेत्रसम्म जलयात्रा पुनः शुरु

भोजपुरको कोप्चेदेखि सुनसरीको वराहक्षेत्रसम्म जलयात्रा पुनः शुरु

हतुवागढीः भोजपुरको हतुवागढी गाउँपालिका–९ हंसपुरस्थित कोप्चेदेखि सुनसरीको वराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालनमा आएको छ ।

नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि बन्द रहेको जलयात्रा कात्तिक १ गतेदेखि पुनः शुरु गरिएको हो ।

अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका दक्षिणी भोजपुरका स्थानीयलाई जेटबोटमार्फत् हुने जलायात्राको सञ्चालनले राहत मिलेको छ ।

दक्षिणी भोजपुरका स्थानीय यही जलमार्ग प्रयोग गरेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा आवतजावत गर्दै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments