Wednesday, October 28, 2026
Homeखेलकुदजनकपुरलाई १९ रनले पराजित गर्दै कर्णालीको विजयी शुरुवात

जनकपुरलाई १९ रनले पराजित गर्दै कर्णालीको विजयी शुरुवात

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भएको हो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए पनि जीत दिलाउन सकेनन् । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए । जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता कुनै पनि रन नजोडी आउट भए । ललित राजवंशी एक रनमा आउट हुँदा राहुल यादव एक रनमा अविजित रहे ।

उता, बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए । युनिसले ४ ओभरमा एक मेडनसहित ३ विकेट लिएका हुन् । उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिमीलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याएका थिए । नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाएका थिए । उनले २९ बलमा ४ चौका प्रहार गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments