चतराः भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
सप्तकोशी नदीको खुवालुङ क्षेत्रमा इन्जिन बन्द भएपछि सो जेट बोट अनियन्त्रित भई बग्दै आएको र वराहक्षेत्रमा पुगेर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा सो बोटमा १४ जना सवार रहेकोमा दुई जना बेपत्ता छन् । दुर्घटनापछि उद्धार गरिएका चार जनालाई उपचारका लागि चतरा अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको र अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





