Monday, October 26, 2026
Homeखेलकुदएनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा प्रयोग भयो पहिलो पटक डिआरएस

एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा प्रयोग भयो पहिलो पटक डिआरएस

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलको पहिलो ओभरमै डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग भएको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक डिआरएस प्रयोग भएको हो । यसअघिका संस्करणमा डिआरएस प्रयोग भएको थिएन । आयोजक नेपाल क्रिकेट संघले तेस्रो संस्करणदेखि सो प्रविधि प्रयोग गर्ने जनाएको थियो ।

तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको दोस्रो ओभरमै डिआरएस प्रयोग भएको हो ।

दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका सइम जइबविरूद्ध एलबिडब्ल्यू अपिल गरेका थिए ।

रेफ्री बुद्धिबहादुर प्रधानले आउट नदिएपछि उनले रिभ्यू मागेका थिए ।

डिआरएसबाट हेर्दा आउट नदिएपछि सुरूवाती निर्णय नै सदर भएको थियो ।
डिआरएसमा एलबी डब्लूको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग भएको छ ।

ब्याटमा बल लागेको वा नलागेको जाँच्न आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एज डिटेक्सन तथा ध्वनि विश्लेषण प्रविधि पनि प्रयोग हुने बताइएको छ ।

सो प्रविधिको प्रयोग रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, उचाइका आधारमा वाइडको निर्णय तथा छक्काको दूरी र उचाइ मापन गर्न प्रयोग हुन्छ ।

प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments