Monday, October 5, 2026
Homeअर्थशेयरसातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से

सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ । अघिल्लो साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से गत साता १.६२ प्रतिशत अर्थात् ४२.५६ अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो ।

पाँच कारोबार दिनका लागि बजार खुल्दा एक दिन नेप्से बढेको थियो बाँकी चार दिन घटेको थियो ।

गत साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर किनबचे भएकोमा गत साता दैनिक औसतमा ४ अर्ब ७९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत घटेको छ । अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.७६ अंक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम ०.६८ प्रतिशत घटेको छ ।

गत साता नेप्सेमा दुई कम्पनीको १६ लाख ४३ हजार ७६४ कित्ता शेयर सूचीकृत भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स र कालिका पावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत साता सिन्धु विकास बैंकको शेयरमूल्य ७.२० प्रतिशत बढेको छ ।१०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ र माण्डू हाइड्रोपावरको मूल्य ७ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.८० प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments