Tuesday, October 20, 2026
Homeकला र साहित्यबेलबारीको प्रहरी हिरासतमा पुस्तकालय स्थापना

बेलबारीको प्रहरी हिरासतमा पुस्तकालय स्थापना

बेलबारीः इलाका प्रहरी कार्यालय बेलबारीमा पुस्तकालय स्थापना भएको छ ।

असोज २९ गते एक कार्यक्रम बीच पुस्तकालयको स्थापना गरिएको हो । हिरासतमा रहने थुनुवा, कार्यालयका राष्ट्रसेवक प्रहरी तथा काम विशेषले कुर्नुपर्ने सेवाग्राहीहरुलाई खाली समयको सदुपयोग होस् भनेर पुस्तकलाय स्थापना गरिएको कार्यालयले जनाएको छ ।

हिरासतमा पुस्तकालय उद्घाटनको दिन २५० थान पुस्तक लेखक, प्रकाशक, दाताहरुबाट प्राप्त भएको जनाइएको छ । बेलबारी साहित्य विकास समितिको आयोजना तथा समितिका मुख्य सल्लाहकार ईरान राईको विशेष पहल एवं संयोजनमा भएको कार्यमा ईलाका प्रहरी कार्यालय प्रमुख राजीव गिरीको सकारात्मक, समन्वयकारी भूमिका रहेको थियो ।

अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहले पुस्तकालयका लागि फर्निचर सहयोग गरेको थियो । हिरासतमा पुस्तकालय स्थापना तथा उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले पुस्तकालयको उद्घाटन गर्दै बेलबारी साहित्य विकास समितिले गरेको यो कार्य महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समितिका मुख्य सल्लाहकार ईरान राईले थुनुवाहरु पनि असल पाठक हुने, इतिहासको कालखण्डमा आदर्श राजनीतिकहरुले पनि जेल जीवनमा अध्ययन, लेखन गरेको स्मरण गराउँदै पुस्तकको अध्ययनले उनीहरुमा सकारात्मक सोच प्रवाह हुने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीले आरोपित तथा अपराधीहरु कसुर तथा अनुसंधान र कानुनी प्रक्रियामा दुई चार दिनदेखि ९० दिनसम्म हिरासतमा राख्नुपर्ने, बस्नुपर्ने भएकोले स्थापना भएको पुस्तकालय तथा पुस्तकहरू उनीहरुको सकारात्मक चेतको साथी बन्न सहयोग पुग्ने बताउनुभयो ।

बेलबारीमा आफूले लिएको १ वर्षे जिम्मेवारी तथा बसाइ र जागीरकालको १८ वर्षको अवधिमा सबैभन्दा सहयोग पाएको र सुखद क्षण भएको उहाँको भनाइ थियो ।

हिरासतमा रहने थुनुवाहरुले आरोप, अभियोग अनुसन्धानका निम्ति लामै समय पनि हिरासतमा बस्नुपर्ने हुँदा उपलब्ध पुस्तकहरु उपयोगी, प्रेरणादायी मात्र नभएर गलत बाटो एवं आपराधिक मानसिकता त्याग्न सहयोगी हुने बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले बताउनुभयो ।

कार्यक्रममा पुस्तकदाता तथा स्रष्टा, साहित्यकारहरु संविधानसभा सदस्य तथा उपन्यासकार मधु गुरुङ, बेलबारी प्रज्ञा प्रतिष्ठान अध्यक्ष रेखा सुवेदी, कोसी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सचिव नवराज पोखरेल, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङ, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजीत पराजुली, भानुसाझा पुस्तकालय सुन्दरहरैंचाका अध्यक्ष पुरन याख्खा, सचिव गीताप्रसाद श्रेष्ठ, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, प्रलेस मोरङ अध्यक्ष यज्ञ सुसेली, साहित्यकार बादलदेवी चाम्लिङ, नाटककार टीकालाल धिमाल, कवि शेरबहादुर खपाङ्गी, गीतकार प्रेम गुरुङ र प्रकाश भट्टराई, संगीतकार भीम बस्नेत, चण्डी साङ्पाङ, सामाजिक तथा राजनीतिक व्यक्तित्व परशुराम सुवेदी, वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, टंक चम्लागाई उपस्थित हुनुहुन्थ्यो ।

आयोजक समितिका तीर्थ सिग्देल, दुर्गा चम्लागाई, पत्रकारहरु अर्जुन कुलुङ, निरज खवास लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष गोबिन्द चोङ्वाङको स्वागत मन्तव्य रहेको थियो । कोषाध्यक्ष शिव पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments