Saturday, October 10, 2026
Homeशिक्षा र स्वास्थ्यगोठगाउँ आएर महावीर पुनले भने, ‘जडीबुटीबाट औषधी उत्पादनमा लाग्नुपर्छ’

गोठगाउँ आएर महावीर पुनले भने, ‘जडीबुटीबाट औषधी उत्पादनमा लाग्नुपर्छ’

गोठगाउँः मोरङको सुन्दरहरैँचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवलोकन गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विश्वविद्यालयले पढाउने मात्र नभई अनुसन्धान, नवप्रवर्तन र उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । 

विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागका भवन र प्रयोगशालाको अवलोकनपछि मन्त्री पुनले आयुर्वेद तथा जडीबुटी क्षेत्रमा अनुसन्धान गरी औषधि उत्पादनका लागि आवश्यक प्रयोगशाला निर्माण गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

आयुर्वेदिक उपचारमा नेपालीहरु आकर्षित हुँदै गएका र पूर्वी क्षेत्रमा आयुर्वेदिक उपचार पद्धतिमा विश्वास गरी औषधी प्रयोग गर्ने प्रशस्त भएको आफूले पाएकाले औषधी उत्पादनमा लाग्नुपर्ने देखिएको उहाँको भनाइ थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments