Wednesday, October 7, 2026
Homeअर्थबीमाजेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

विराटनगरः नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी तथा शिक्षकमार्फत् आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments