Wednesday, October 7, 2026
Homeअर्थसवारीइटहरीबाट बजारमा आयो ‘सुपरसेल’ ब्याट्री

इटहरीबाट बजारमा आयो ‘सुपरसेल’ ब्याट्री

इटहरीः इटहरी–१३ मा रहेको सुपरसेल ब्याट्री इन्डष्ट्रिज प्रालिले स्वदेशी बजारलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय गुणस्तरको आधुनिक प्रविधिमा आधारित ‘सुपरसेल’ ब्याट्री बजारमा ल्याएको छ ।

कम्पनीले ई–रिक्सा, सिटी सफारी, अटोमेटिक गाडीलगायतका सवारीसाधनसँगै इन्भर्टर तथा सोलारका लागि घर र कार्यालयमा आवश्यक विभिन्न क्षमताका ब्याट्री उत्पादन गरी बजारमा ल्याएको हो ।

पूर्वी नेपालमा लामो समयदेखि उद्योग तथा व्यवसाय गर्दै आएका युवा व्यवसायी शनि चौधरीको नेतृत्वमा सुपरसेल ब्याट्री इन्डष्ट्रिज स्थापना भएको हो ।

लामो समयदेखि कच्चा पदार्थ आफैँ प्रशोधन गरी स्वदेश तथा विदेशमा समेत निर्यात गर्दै आएका चौधरीले सोही अनुभवलाई आधार बनाएर ब्याट्री उद्योग सञ्चालनमा ल्याएका हुन् ।

पूर्वी नेपालको प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादनलाई छुट्टै पहिचान दिलाउने लक्ष्यसहित कम्पनीले नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ ।

कम्पनीले निकट भविष्यमै देशभर शाखा विस्तार गर्दै स्वदेशमै धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत लिएको जनाएको छ ।

कम्पनीका सञ्चालक विनोद खतिवडाका अनुसार ब्याट्रीको ब्याकअप, टिकाउपन र आयु बढाउन उपभोक्ताको आवश्यकता र मागअनुसार आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिएको छ ।

कम्पनीसँग आफ्नै रिसाइक्लिङ प्लान्टसमेत रहेकाले प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन तथा पुनःप्रशोधनमा समस्या नभएको बताइएको छ ।

कम्पनी स्थापनाको पहिलो वर्ष भएकाले दशैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अफर ल्याउने तयारी भइरहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments