Sunday, October 4, 2026
Homeशिक्षा र स्वास्थ्यगछियामा ‘एसएस फिटनेस’ शुरु, व्यायामसँगै स्वस्थ जीवनशैलीमा जोड

गछियामा ‘एसएस फिटनेस’ शुरु, व्यायामसँगै स्वस्थ जीवनशैलीमा जोड

गछियाः पछिल्लो समय शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीप्रति बढ्दै गएको चासोलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–३ गछियामा ‘एसएस फिटनेस’ सञ्चालनमा आउने भएको छ ।

आधुनिक व्यायाम उपकरण र प्रशिक्षित जनशक्तिसहित सञ्चालनमा आउन लागेको फिटनेस सेन्टरको आज बिहान ११ बजे उद्घाटन गरिने सञ्चालक सुमन याक्खाले जानकारी दिनुभयो ।

याक्खाका अनुसार फिटनेस सेन्टरमा विभिन्न उमेर समूह तथा शारीरिक क्षमताका व्यक्तिलाई लक्षित गरी व्यायाम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ । नियमित व्यायामलाई केवल शरीरलाई तन्दुरुस्त राख्ने माध्यमका रूपमा नभई स्वस्थ र अनुशासित जीवनशैलीको आधारका रूपमा विकास गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

‘व्यस्त दैनिकीका कारण मानिसमा शारीरिक गतिविधि घट्दै गएको छ’, सञ्चालक याख्खाले भन्नुभयो, ‘यस्तो अवस्थामा नियमित व्यायामले शरीरलाई सक्रिय राख्नुका साथै तनाव व्यवस्थापन र आत्मविश्वास बढाउनसमेत सहयोग गर्छ ।’

‘एसएस फिटनेस’लाई युवापुस्तामा मात्र सीमित नराखी स्वास्थ्यप्रति सचेत सबै उमेर समूहका व्यक्तिका लागि सहज वातावरणमा व्यायाम गर्न सक्ने स्थानका रूपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments