Wednesday, September 30, 2026
Homeराजनीतिसुनसरी कांग्रेसको क्षेत्र नम्बर ४ को रोकियो मतगणना

सुनसरी कांग्रेसको क्षेत्र नम्बर ४ को रोकियो मतगणना

इटहरीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुनसरीको लौकही सिटी हलमा जारी सुनसरी क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन विवादमा परेपछि मतगणना रोकिएको छ ।

मतदानका क्रममा एक पक्षबाट मतपत्र फालेपछि उत्पन्न विवाद केही समय तनावको अवस्था सिर्जना भएको थियो । विवादका कारण मतदान तथा त्यसपछिको मतगणना प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

स्थिति नियन्त्रणमा लिन सिटी हल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विवाद समाधान गरी निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निर्वाचन समिति तथा स्थानीय नेताहरूबीच छलफल भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments