Wednesday, September 30, 2026
Homeफिचरनेताको ‘आशीर्वाद’ पाएका उम्मेद्वार कमजोर देखिएपछि रोकियो मोरङ ३ मा कांग्रेसको अधिवेशन

नेताको ‘आशीर्वाद’ पाएका उम्मेद्वार कमजोर देखिएपछि रोकियो मोरङ ३ मा कांग्रेसको अधिवेशन

विराटचोकः नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ३ को निर्वाचनमा नेताहरु एकातिर र कार्यकर्ता एकातिर देखिएका छन् । क्षेत्र नम्बर ३ को सभापति पदका लागि सुन्दरहरैंचाका राजेन्द्र ढकाल र बेलबारीका राजेन्द्र अधिकारी चुनावी मैदानमा छन् ।

पूर्व सांसद सुनिलकुमार शर्माका दाहिने हातका रुपमा रहेका वर्तमान क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले निर्वाचनमा हार्ने देखेपछि ठूला नेताको दबाबमा आजको निर्वाचन रोकिएको कार्यकर्ता बताउँछन् ।

अधिकारीलाई शर्माका साथै पूर्व प्रदेश मन्त्री मानबहादुर लिम्बू, पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठलगायतले समर्थन गरेका छन् ।

यता, निर्वाचनमा मतदान गर्न बिहानैदेखि आएका कार्यकर्ता भने मतदान प्रक्रिया बीचैमा रोकिएपछि नेताको गठबन्धन विरुद्धको उम्मेद्वारको पक्षमा लागे । बिहानसम्म अधिकारीको पक्षमा मत मागेका कार्यकर्ताले बिहान बित्दै जाँदा ढकालको पक्षमा मत माग्न थाले । त्यो दृश्य देखेका र त्यस्तो घटना सुनेका नेताहरु अन्ततः चुनावी प्रक्रिया स्थगित गर्ने अवस्थामा पुगे ।

जसका कारण ३ बजे मतदान शुरु हुने भनिए पनि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली नै टाँसिएको थिएन । मतदान स्थलमा उपस्थित ढकाल पक्षीय कार्यकर्ताले तुरुन्तै मतदान शुरु गर्न दबाब दिएका थिए । मतदान प्रक्रियाका लागि खटिएका निर्वाचन अधिकृतलगायतसँग चर्काचर्की पर्न थालेपछि मतदान अधिकृतको कार्यालयले उम्मेद्वारको अन्तिम नामावली टाँसेको थियो ।

४ बजे मतदान शुरु गर्ने भनिएपछि लाइनमा लागेका मतदाता त्यतिबेला आक्रोशित हुँदै फर्किए जतिबेला आज मतदान हुँदैन भनियो । सुरक्षाकर्मीको घेराका बीच मतदान अधिकृत बसेपछि साँझ ६ बजे निर्वाचन अधिकृतको कार्यालयले हस्तलिखित सूचना टाँसेर भोलि १० बजेदेखि मतदान हुने जनाएको छ ।

भोलि पनि मतदान हुनेमा शंका नै रहेको मतदाताले जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments