विराटचोकः लगातार तीन दिन ठूलो वर्षा हुने मौसमविद्को पूर्वानुमानुअनुसार शिक्षा मन्त्रालयले हिजो र आज स्थानीय सरकारसँगको समन्वयमा विद्यालयमा बिदा दिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुरुप हिजो र आज धेरै स्थानीय तहले शिक्षण संस्थालाई बिदा दिए ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने हिजो बिदा दिएको थिएन । नगरपालिकाले एक सूचना जारी गर्दै आज शुक्रबार नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाले मौसमको अवस्थालाई मध्यनजर गर्दै विद्यालय बिदा दिने सूचना जारी गरेको छ ।
रातभर पानी परे पनि अहिले सुन्दरहरैंचामा पानी परेको छैन ।





