Wednesday, September 23, 2026
Homeकला र साहित्यपद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको ‘सलह’लाई, साधना सम्मान कृष्ण धरावासीलाई, पद्मश्री गौरव...

पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको ‘सलह’लाई, साधना सम्मान कृष्ण धरावासीलाई, पद्मश्री गौरव जयराज आचार्यलाई

विराटचोकः खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अनुसार २०८२ मा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’ पुरस्कारका लागि छनोट भएको हो । प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा रहेका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’ छनोट गरेको हो ।

नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत आख्यानकार एवं लेखक ‘कृष्ण धरावासी’लाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दै आउनुभएको छ ।

‘पद्मश्री गौरव पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेख्नुभएको छ ।

तीनै पुरस्कारको राशी जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments