Friday, September 18, 2026
Homeशिक्षा र स्वास्थ्यइटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई दिइयो डेढ करोडभन्दा बढीको छात्रवृत्ति

इटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई दिइयो डेढ करोडभन्दा बढीको छात्रवृत्ति

इटहरीः विशेष समारोह आयोजना गरी इटहरी इन्टरनेसनल कलेजले ११७ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गरेको छ ।

‘एएए स्कलरशिप २०२६’ अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । विद्यार्थीहरूको मिहिनेत, शैक्षिक उपलब्धि तथा समग्र सहभागितालाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्यव्रत कोइरालाले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष लेखनाथ घिमिरे र आईएनजी ग्रुपका उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो ।

हरेक वर्ष योग्य तथा उत्कृष्ट विद्यार्थीलाई पाँच वर्ष अघिदेखि निरन्तर छात्रवृत्ति प्रदान गरिँदै आएको कलेजले जनाएको छ ।

यस वर्ष छनोट भएका प्रत्येक विद्यार्थीले सम्बन्धित शैक्षिक वर्षको वार्षिक कलेज शुल्क पूर्ण रूपमा छात्रवृत्तिमार्फत प्राप्त गरेका छन् । विद्यार्थी छनोट शैक्षिक प्रदर्शन, हाजिरी, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागितालगायतका मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ ।

यी हुन् पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीहरू
समीक्षा पोखरेल, सोनु कालाखेती, अपेक्षा श्रेष्ठ, आर्या श्रेष्ठ, कृतन खत्री, मुस्कान अग्रवाल, सिर्जना बस्नेत, आयुष अधिकारी, आयुष वानेम लिम्बू र अमृत कार्की ।

त्यस्तै, अनिरजंग थापा, अन्जिल न्यौपाने, कृतिका चौधरी, महिमा गुरुङ, निहारिका तामाङ, निकिशा पराजुली, सृष्टि पोखरेल, स्पन्दना राई, सुबिन राई र सुजनप्रसाद बजगाईं ।

उत्सव थापा, सन्ध्या तिमल्सेना, बिनु राई, विशेष भण्डारी, लेनिशा घिमिरे, प्रमेश कटुवाल, सङ्कल्प श्रेष्ठ, अर्चना बस्नेत, इशा कार्की र रचना ढकाल ।

श्रेया शाक्य, सिम्रन श्रेष्ठ, आदित्य सिग्देल, अनमोल पौड्याल, अपेक्षा न्यौपाने, आशिष कार्की, दीक्षा राई, गौतम साह, करण बास्तोला र मनदीप बस्नेत ।

मनीषकुमार चौधरी, मौसम गुरुङ, पावल कार्की धोली, पेन्सु बोहोरा, प्रिन्स श्रेष्ठ, राजेन्द्र कटुवाल, रमेश सापकोटा, सफल भट्टराई, शोभन भट्टराई र आर्यन कार्की ।

अभिषेक शर्मा, आदित तामाङ, अनिश तामाङ, आयुष राई, भावना घिमिरे, दीक्षा घिमिरे, मोहम्मद आशिफ, मुनाल पौडेल, निकेश शाह र सन्ध्या तिम्सिना ।

सुदन खड्का, विजय अधिकारी, आकाङ्क्षा सेढाईं, आकृति श्रेष्ठ, एमिक खड्का, अन्जल निरौला, अन्जल फुयाल शर्मा, भूमिका रायमाझी, विपिन सुवेदी र डमरुबल्लभ कोइराला ।

दिक्षान्त आचार्य, इस्मिनी लिम्बू, मञ्जिला श्रेष्ठ, मनोज गौतम, निपेक्ष्या शाक्य, निर्देश नेपाल, नितम भट्टराई, प्रज्वल कोइराला, प्रसेन भट्टराई र प्रतीक कट्टेल ।

रक्षक सिग्देल, सदीक्षा कार्की, समीक्षा कार्की, समीर नेपाल, सन्देश दाहाल, सङ्कल्प पराजुली, शौरभ कोइराला, शुलभ शाक्य, स्मिता कार्की र सुबिन श्रेष्ठ ।

सुगम खतिवडा, सुजल न्यौपाने, सुजल श्रेष्ठ, सुमित पोखरेल, स्वीकृति मिश्र, सागर आचार्य, सुमन राई, सुशान्त लम्साल, आशुतोष चौधरी र गरिमा श्रेष्ठ ।

निश्चल कटुवाल, सैस्मा ढकाल, स्नेहा अग्रवाल, अनुष्का मगर, विवेक मगर, करुण काफ्ले, प्रह्लाद न्यौपाने, प्रथा भट्टराई, सौगात पन्त र स्तुति कालाखेती ।

सुलभ गिरी, अनिश शाह, बादल श्रेष्ठ, नीक काफ्ले, प्रशान्त चम्लागाईं, समिरा घिमिरे र ग्रेस गौतम ।

समारोहमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकको सहभागिता थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments