Friday, September 18, 2026
Homeअर्थशेयरझण्डै २३ अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

झण्डै २३ अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

विराटचोकः साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ बिन्दुमा अडिएको छ ।

कारोबार रकम पनि बढेको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ रुपैयाँको किनबेच भएको हो ।

बढेको बजारमा स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १३.६६ प्रतिशत बढेको छ । हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य आज सर्वाधिक अर्थात् १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३२ करोड १३ लाख ८१ हजार २५ रुपैयाँको शेयर किनबेच भएको छ । लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, लिबर्टी इनर्जी र सिद्धार्थ बैंक उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ । वित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५३ अर्ब ५५ करोड ९४ लाख ४७ हजार ५२० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments