विराटनगरः नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघको ३५ औँ कार्यसमितिको अध्यक्षमा साह निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन हुनुभएको छ ।
सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानिया र सहकोषाध्यक्षमा मनिष मारु निर्वाचित हुनुभएको छ ।
त्यस्तै, प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाउनुभएको छ ।
कार्यसमिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वीत घिमिरे, पवन राठी, देवाशिस गोल्छा, वेदान्त जाजू, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहता र ओमप्रकाश शर्मा चयन हुनुभएको छ ।
आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन हुनुभएको छ ।
महिला उद्यम समितितर्फ साधना झा संयोजक र जीना श्रेष्ठ सहसंयोजक चयन हुनुभएको छ ।





