Friday, September 18, 2026
Homeकला र साहित्यओजोन तह संरक्षणबारे शिक्षादीपमा निबन्ध प्रतियोगिता

ओजोन तह संरक्षणबारे शिक्षादीपमा निबन्ध प्रतियोगिता

विराटनगरः मोरङको विराटनगरस्थित शिक्षादीप कलेजमा ‘ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू’बारे निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

विश्व ओजोन तह संरक्षण दिवसको अवसर पारेर कलेजले विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि बुधबार प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत ९६ जना विद्यार्थी सहभागी थिए ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताका संयोजक रामचन्द्र अधिकारीका अनुसार उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कार प्रदान गर्ने गरेको छ ।

उत्कृष्ट निबन्ध छनोट गरी विज्ञान दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत गरिने विज्ञान संकाय संयोजक नवीनकुमार रायले जनाउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments