Thursday, September 17, 2026
Homeअर्थशेयरनेप्सेमा सुधार, कारोबार रकम पनि वृद्धि

नेप्सेमा सुधार, कारोबार रकम पनि वृद्धि

विराटचोकः आज नेपाली शेयर बजार सूचक नेप्से (नेपाल स्टक एक्सचेञ्ज) दोहोरो अंक (११.९३ अंक) ले बढेर २६२४.३६ विन्दुमा अडिएको छ । सूचक बढेको बजारमा कारोबार रकम पनि बढेको छ ।

नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५१ हजार ७२८ पटक किनबेच हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको शेयर कारोबार भएको छ ।

सूचक बढेको बजारमा ११ समूहमा हरियाली छाएको छ भने २ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा जीवन बीमा समूह रहेको छ । यो समूह आज १.०८ प्रतिशतले बढेको छ ।
लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन् ।

आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । यो कम्पनीको शेयरभाउ १२.४३ प्रतिशत बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनीमा भने हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २.९७ प्रतिशत घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब १७ अर्ब २६ करोड ७८ लाख ८८ हजार ९३८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments