Wednesday, September 16, 2026
Homeशिक्षा र स्वास्थ्यसुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव

सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव

काठमाडौंः सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलबसहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

कानुन मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत् विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको तथा बच्चा जन्माउन युवाको आकर्षण घटेकाले जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments