Wednesday, September 16, 2026
Homeअर्थशेयरशेयर बिक्रीमा पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

शेयर बिक्रीमा पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

विराटचोकः सरकारले शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार अघि सारेको पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको हो । सरकारको निर्णयअनुसार अब अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

सोमबार पूँजीगत लाभकरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेपछि नयाँ करको दर औपचारिक रूपमा कार्यान्वयनमा आउने जनाइएको छ ।

यसअघि व्यक्तिगत लगानीकर्ताले एक वर्षभित्र बिक्री गरेको शेयरबाट प्राप्त नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय राखेर बिक्री गर्दा प्राप्त नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments