Wednesday, September 16, 2026
Homeअर्थसवारीट्रक र हायस ठोक्किँदा सुन्दरहरैंचाका तीन जनासहित १७ जना घाइते, विराटनगरमा उपचार...

ट्रक र हायस ठोक्किँदा सुन्दरहरैंचाका तीन जनासहित १७ जना घाइते, विराटनगरमा उपचार हुँदै

विराटनगरः आज बिहान १० बजे उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा ट्रक र हायस ठोक्किँदा हायसमा सवार १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जनालाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस ठोक्किएका थिए ।

सो दुर्घटनामा हायसमा सवार मोरङको सुन्दरहरैंचाका तीन जनासहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचा–६ की ७९ वर्षीया जमुना राई, ४१ वर्षीय एदुचन्द्र राई तथा सुन्दरहरैंचा–७ की २७ वर्षीया कविता भट्टराई घाइते भएका छन् ।

मोरङको कानेपोखरी–६ का ४० वर्षीय हायस सहचालक देवराज विक, हायस चालक ४४ वर्षीय रामबहादुर विक, २४ वर्षीय लबिन चौलागाईं र २१ वर्षीय करुण बिक घाइते भएका छन् ।

त्यस्तै, काठमाडौं चन्द्रागिरि–१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, ४८ वर्षीया रुकमाया श्रेष्ठ र ५३ वर्षीया पविना श्रेष्ठ, उदयपुरको बेलका–६ का ३१ वर्षीय डम्बरबहादुर विक, २० वर्षीय सुदीप राई तथा काठमाडौं बूढानीलकण्ठ–५ की ४३ वर्षीया शान्ति न्यारिका पनि घाइते भएका छन् ।

उदयपुरको त्रियुगा–३ की ४२ वर्षीया रस्मिला दाहाल, इलाम जोगमाई–१ का २५ वर्षीय सगुन गुरुङ, सिन्धुलीको कमलामाई–१ की ४० वर्षीया सानु थापा र बाँके नेपालगञ्ज–३ की २१ वर्षीया लक्ष्मी गिरी पनि घाइते भएका छन् ।

दुर्घटनामा संलग्न ट्रकका चालक रत्नबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments