Monday, September 28, 2026
Homeअर्थसवारीउर्लाबारी– इटहरा सडकका १० ठाउँमा बनाइयो जेब्राक्रस

उर्लाबारी– इटहरा सडकका १० ठाउँमा बनाइयो जेब्राक्रस

उर्लाबारीः मोरङको उर्लाबारी चोकदेखि दक्षिण इटहरा सडक खण्डको चिउरा मिलसम्मको १० ठाउँमा जेब्राक्रस निर्माण गरिएको छ ।

चाडपर्वमा सवारी तथा पैदलयात्रीको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जेब्राक्रस निर्माण गरिएको जनाइएको छ ।

नेकपा एमाले उर्लाबारी– ७ नम्बर वडा कमिटी र राष्ट्रिय खेलकुद महासंघको संयुक्त संयोजनामा जेब्राक्रस निर्माण गर्न स्थानीय व्यवसायी तथा संस्थाले आर्थिक र भौतिक सहयोग गरेका थिए । सो कार्यमा रंग महल, एन्जल फाउन्डेसन र अल राउन्ड डान्स सेन्टरले सहयोग गरेको जनाइएको छ ।

राष्ट्रिय खेलकुद महासंघका स्थायी कमिटी सदस्य योगेश बस्नेतले व्यस्त इटहरा सडकमा चाडपर्वका बेला दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक सुरक्षा र जनचेतनाका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments