Sunday, September 27, 2026
Homeफिचरनेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा होमनाथ पोखरेल विजयी

नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा होमनाथ पोखरेल विजयी

सलकपुरः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगर कार्यसमितिको सभापतिमा होमनाथ पोखरेल विजयी हुनुभएको छ ।

४९० मत खसेको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दा पौडेलले १८७ मत प्राप्त गर्नुभएको हो । १०५ मत बढी ल्याएर पोखरेल विजयी हुनुभएको हो । पोखरेल वर्तमान कार्यसमितिमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

निर्वाचनबाट खुला उपसभापतितर्फ कमल ढुङ्गाना ‘कुन्दन’ २९१ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी रविन दाहालले १७६ मत प्राप्त गर्नुभयो ।

उपसभापति महिलातर्फ अमृता लिम्बूले २७८ मत ल्याएर विजयी हुँदा धारणा खनालले १९६ मत प्राप्त गर्नुभयो । खनाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ को वडा सदस्य हुनुहुन्छ ।

त्यस्तै, सहसचिवमा विमला कार्की खड्काले २६७ मत ल्याएर विजयी हुँदा कोमलप्रसाद लुइँटेलले २०२ मत ल्याउनुभयो ।

जिल्ला सदस्यमा कृष्णप्रसाद भट्टराईले २६५ मत ल्याएर विजयी हुँदा गोपाल कार्कीले १८६ मत ल्याउनुभयो ।

जिल्ला सदस्यमा महिलातर्फ बिन्दा दाहाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

त्यस्तै, नगर कार्यसमितिको सचिव पदमा भुवनसिंह आलेमगर निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

नगर सदस्यमा नुतनकुमारी साह, रबिन बजगाईँ, सुजन थापा, रविना रोक्का र खम्बसिंह दमाई पनि निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments