Monday, September 28, 2026
Homeफिचरको हुन् नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा निर्वाचित होमनाथ पोखरेल

को हुन् नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा निर्वाचित होमनाथ पोखरेल

विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजो मतदान प्रक्रियामार्फत् नेतृत्व चयन भएको छ ।

५१३ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) मध्ये ४९० जनाले मतदान गर्दा पोखरेलले २९२ मत पाउनुभयो । प्रतिष्पर्धी हरिबहादुर पौडेलले १८७ मत प्राप्त गर्नुभएको थियो ।

को हुन् होमनाथ पोखरेल
सामान्य परिवारबाट राजनीतिक यात्रा शुरु गरेका पोखरेल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । विद्यार्थी जीवनमै सरकारका गतिविधिविरुद्ध खरो रूपमा प्रस्तुत हुने तथा प्रभावशाली भाषण गर्ने युवाका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो ।

विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोखरेलले नगर सभापतिमा निर्वाचित भएपछि सुन्दरहरैंचा कांग्रेसलाई थप बलियो र व्यवस्थित बनाउने बताउनुभएको छ ।

सुन्दरहरैंचा–१ मा रहेको जनता माध्यमिक विद्यालयबाट पोखरेलले नेविसंघ जनता मावि पचाम इकाइ सभापतिबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । त्यसपछि सुकुना बहुमुखी क्याम्पस इकाइ सदस्य, सहसचिव, स्ववियु सदस्यका उम्मेद्वार तथा इकाइ सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
मोरङ जिल्लाको तत्कालीन क्षेत्र नं. ८ को नेविसंघ सभापतिको जिम्मेवारी पनि सम्हाल्नुभएका पोखरेल हाल नेपाली कांग्रेस सुन्दरहरैंचाको सचिव पदमा रहेर पार्टीका गतिविधिमा संलग्न हुनुहुन्थ्यो । नगरसचिवपछि नगर सभापतिको बागडोर पोखरेलको हातमा आएको हो ।

सभापति पदमा विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पोखरेलले नगर संगठनलाई थप सुदृढ बनाउँदै नेता–कार्यकर्ताबीच एकता, मेलमिलाप, सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताउनुभएको छ ।

कांग्रेसको राजनीतिक इतिहास र संगठनबारे राम्रो जानकारी राख्ने पोखरेल अब सुन्दरहरैंचा कांग्रेसको नगर संगठन हाँक्ने जिम्मेवारीमा पुग्नुभएको हो ।

यी हुन् निर्वाचित हुने अन्य पदाधिकारी
खुला उपसभापतितर्फ कमल ढुङ्गाना ‘कुन्दन’ २९१ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी रविन दाहालले १७६ मत प्राप्त गर्नुभयो ।

उपसभापति महिलातर्फ अमृता लिम्बूले २७८ मत ल्याएर विजयी हुँदा धारणा खनालले १९६ मत प्राप्त गर्नुभयो । खनाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ को वडा सदस्य हुनुहुन्छ ।

त्यस्तै, सहसचिवमा विमला कार्की खड्काले २६७ मत ल्याएर विजयी हुँदा कोमलप्रसाद लुइँटेलले २०२ मत ल्याउनुभयो ।

जिल्ला सदस्यमा कृष्णप्रसाद भट्टराईले २६५ मत ल्याएर विजयी हुँदा गोपाल कार्कीले १८६ मत ल्याउनुभयो ।

जिल्ला सदस्यमा महिलातर्फ बिन्दा दाहाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

त्यस्तै, नगर कार्यसमितिको सचिव पदमा भुवनसिंह आलेमगर निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

नगर सदस्यमा नुतनकुमारी साह, रबिन बजगाईँ, सुजन थापा, रविना रोक्का र खम्बसिंह दमाई पनि निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments