Wednesday, September 16, 2026
Homeकला र साहित्यसङ्गीत साधना प्रतिष्ठान इटहरीमा मनाइयो ६२ औँ राष्ट्रिय बाल दिवस

सङ्गीत साधना प्रतिष्ठान इटहरीमा मनाइयो ६२ औँ राष्ट्रिय बाल दिवस

इटहरीः सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा ६२ आँै बाल दिवस मनाइएको छ ।

कार्यक्रममा सङ्गीतकर्मी बालबालिकाहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए । बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै उनीहरूलाई उत्साह, हौसला र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई उजागर गर्न तथा उनीहरूलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।

कार्यक्रममा बालबालिकाको प्रतिभा प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूको क्षमता विकासका लागि निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

“बालापनको रक्षाः भविष्यको सुरक्षा” भन्ने मूल नारासहित ६२ औँ राष्ट्रिय बालदिवस मनाइएको हो ।

दिवसको अवसरमा देशका विभिन्न भागमा कार्यक्रम भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments