Wednesday, September 16, 2026
Homeअर्थसवारीबीवाईडीले लञ्च गर्यो ९ मिनेटमै चार्ज हुने नयाँ जेनेरेशनको अटो थ्री कार

बीवाईडीले लञ्च गर्यो ९ मिनेटमै चार्ज हुने नयाँ जेनेरेशनको अटो थ्री कार

काठमाडौंः विश्वमा सबैभन्दा धेरै इलेक्ट्रिक कार बिक्री गर्ने चिनियाँ कम्पनी बीवाईडीले चिनियाँ बजारमा आफ्नो नयाँ जेनेरेशनको ‘बीवाईडी अटो थ्री इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । पुरानो मोडलको तुलनामा निकै एड्भान्स र शक्तिशाली बनाइएको यो नयाँ पुस्ताको मोडल लामो दूरीसम्म चल्नुका साथै यसमा लक्जरी फिचरहरू र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि आधुनिक प्रविधिहरू पनि समावेश गरिएको बताइएको छ ।

चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध ती कार ३ आफ्नो पुरानो पुस्ताको मोडलभन्दा ठूलो र अझ बढी मस्कुलर देखिने बताइएको छ । यसको लम्बाइ ४ हजार ६६५ मिमी, चौडाइ १ हजार ८९५ मिमी र उचाइ १ हजार ६७५ मिमी रहेको छ । यसमा २ हजार ७७० मिमीको ह्वीलबेस दिइएको र कम्पनीको ‘ड्रागन फेस’ डिजाइन रहेको नयाँ अटो थ्रीमा १८० लिटरको फ्रंक र ७५० लिटरको रियर बुट स्पेस उपलब्ध रहेको बताइएको छ ।

यसमा ठूलो फ्लोटिङ टचस्क्रिन (डीआई इन्टरफेससहित), दुई–स्पोक स्टेयरिङ ह्वील, १६ स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस चार्जिङ र प्यानोरामिक हेड–अप डिस्प्ले जस्ता फिचरहरू समावेश छन् । टप भेरियन्टमा लि डारमा आधारित डी पाइलट ३०० एडभान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम पनि उपलब्ध छ, जसले सिटी नेभिगेसन र अटोमेटेड पार्किङ जस्ता सुविधा दिने जनाइएको छ ।

यसमा सेकेण्ड जेनेरेशनको ब्लेड ब्याट्री प्रविधि प्रयोग गरी ५७.५ किलोवाट आवर र ६८.५ किलोवाट आवरका दुईवटा ब्याट्री प्याक विकल्प उपलब्ध रहेको र जसले सिएलटीसी अनुसार क्रमशः ५४० किलोमिटर र ६३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने जनाइएको छ ।

नयाँ बीवाईडी अटो थ्रीमा कम्पनीको नयाँ फ्ल्यास चार्जिङ प्रविधिको सपोर्ट पनि भएकाले गाडीलाई १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म केवल ९ मिनेटमै चार्ज गर्न सकिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments