Thursday, September 10, 2026
Homeशिक्षा र स्वास्थ्यत्रिवि दीक्षान्त समारोह महेन्द्र मोरङमा गर्ने तयारी

त्रिवि दीक्षान्त समारोह महेन्द्र मोरङमा गर्ने तयारी

विराटनगरः त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिक दीक्षान्त समारोहलाई काठमाडौँ उपत्यकाबाहिर विस्तार गर्दै सातै प्रदेशमा आयोजना गर्ने योजना अघि सारेको छ । जसअन्तर्गत कोशी प्रदेशको समारोह विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।

विद्यार्थी तथा अभिभावकलाई राजधानीसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न अघि सारिएको यस योजनाको सम्भाव्यता अध्ययन गर्न त्रिवि उपकुलपति प्रा.डा. भोला थापाले क्याम्पसको स्थलगत अवलोकन गर्नुभएको छ ।

अवलोकन भ्रमणपछि क्याम्पसको समग्र अवस्था, शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन तथा दीक्षान्त समारोह आयोजनाको सम्भाव्यताबारे उच्चस्तरीय छलफल भएको जनाइएको छ । क्याम्पस प्रमुख डा. रामावतार शरणको अध्यक्षतामा बसेको सो बैठकमा क्याम्पसको भौतिक पूर्वाधार, खुला परिसर, पार्किङ क्षमता, सुरक्षा संवेदनशीलता तथा यातायातको सहज पहुँचबारे विस्तृत समीक्षा गरिएको बताइएको छ ।

बैठकमा त्रिवि उपकुलपति प्रा.डा. भोला थापा, परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल तथा सह–परीक्षा नियन्त्रक प्रा.डा. गोविन्दप्रसाद गुरागाईँले क्याम्पसका गतिविधिबारे जानकारी लिँदै आवश्यक निर्देशन एवं सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखत्रय डा. सुशील अधिकारी, शिवनारायण चौधरी र डा. रमेशकुमार गोहिभार, उपकुलपतिको कार्यालयका शाखा अधिकृत राजमान महर्जन, डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर तथा सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा रसायनशास्त्र विभागीय प्रमुख प्रा.डा. अजय भट्टराई, विद्यार्थी कल्याण प्रमुख राजेशकुमार यादव, बीसीए निर्देशक अच्युतराज कट्टेल, डा. शशित यादव, भौतिकशास्त्री रामचन्द्र ठाकुर, उप–प्राध्यापकहरू डा. शिवनारायण यादव, डा जनकनाथ सापकोटा, सञ्जयकुमार ठाकुर, उमेशप्रसाद यादव, राजन बराल, डा. सत्यनारायण साह, बद्री बानियाँ लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा प्राध्यापकहरू उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments