खोर्सानेः सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलका अध्यक्ष तथा प्रबन्ध निर्देशक नीलम ढुङ्गानालाई मातृशोक परेको छ ।
ढुङ्गानाकी ममतामयी माता राधिका ढुङ्गानाको असोज ३१ गते काठमाडौंमा निधन भएको हो । उहाँलाई एक साताअघि आफ्नै निवासमा मस्तिष्काघात भएको थियो । स्वर्गीय राधिकाका नीलमसहित तीन छोरी र एक छोरा छन् ।
उहाँका पति टङ्कनाथ ढुङ्गाना अवकाशप्राप्त राष्ट्रसेवक हुनुहुन्छ । उहाँ नेताचोकका पुराना समाजसेवी तथा राजनीतिकर्मी समेत हुनुहुन्छ । उहाँले तत्कालीन नेकपा (एमाले) को इलाका सचिवका रूपमा समेत काम गर्नुभएको थियो । पछिल्ला केही वर्षदेखि ढुङ्गाना परिवार काठमाडौंमा स्थायी रूपमा बस्दै आएको थियो ।
स्वर्गीय राधिकाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको सिद्धार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा उहाँका ज्वाइँ अर्जुन बस्नेतले जानकारी दिनुभयो ।





