Thursday, September 10, 2026
Homeशिक्षा र स्वास्थ्यउर्लाबारी बहुमुखी क्याम्पसमा कार्की परिवारद्वारा १ लाख ११ हजार १ सय ११...

उर्लाबारी बहुमुखी क्याम्पसमा कार्की परिवारद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

उर्लाबारीः उर्लाबारी–८ निवासी प्रा.डा. इन्द्रबहादुर कार्कीले उर्लाबारी –४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसको अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

कार्कीले आफ्ना बुबा गञ्जबहादुर कार्कीले विगतमा दुःख र मिहिनेत गरेर निर्माण तथा विकासमा योगदान पुर्याएको क्याम्पसलाई आफूले पनि निरन्तर सहयोग गर्ने उद्देश्यले उक्त रकम अक्षयकोषमा हस्तान्तरण गरेको बताउनुभयो ।

बुबाले क्याम्पसका लागि विगतमा जति रकम सहयोग गर्नुभएको थियो, आफूले पनि त्यति नै रकम थप गरी अक्षयकोषमा योगदान गरेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले अक्षयकोषमा रकम थप गरिएको उनको भनाइ छ ।

रकम हस्तान्तरण कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विष्णु गुरागाईं र क्याम्पस प्रमुख खेमराज कार्कीले अक्षयकोषदाता कार्की परिवारप्रति धन्यवाद व्यक्त गर्दै क्याम्पसको शैक्षिक विकासमा यस्ता सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments